पोखरामा पानीको ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु
13-June-2019


पोखरा, जेठ ३०

पोखरामा पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ ।

स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७, मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको बुधबार साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।

साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Write a Comment

Events