पोखरामा साढे ६ लाख नगद सहित ९ जना जुवाडे पक्राउ
19-June-2019


जक्सन डटकम
पोखरा, असार ४

पोखरा महानगरपालिका वडा नम्बर ८ सुन्दरमार्गस्थित एक किनारा पसलबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

सुन्दरमार्गमा स्थानीय नवराज थपलियाले सञ्चालन गरेको किराना पसलबाट जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई तास, कौडा र ६ लाख ६५ हजार ३ सय ५५ नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका सबैलाई जुवातास मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाईएको जनाएको छ ।

Write a Comment