डिजाइनर डाइरी सिजन १ को फाईनल असार १४ गते
19-June-2019


जक्सन डटकम
पोखरा, असार ४

पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ब्लुए रेय्स पोडक्सनको आयोजनामा डिजाइनर डाइरी सिजन १ को लागी पहिलो राउन्ड सम्पन्न भएको छ ।

डिजाइनर क्षेत्रमा प्रवेश गर्ने चाहना भएका १५ जना प्रतिस्पर्धी सहभागी भएको ईभेन्ट मा फाईनलको लागी १० जना प्रतिस्पर्धी छानिएका छन । सुस्मीता मगर , इम्तिहज खान , मनिषा गुरुङ , मनु थापा , मानव गुरुङ , खुशी मगर , सम्झना गुरुङ , रेनु तुलाचन , सिमरन तामाङ , तुलसी महत लगाएका डिजाइनर प्रतिस्पर्धीले फाईनलका लागी छानीएका हुन । जसको कोरियोग्राफर सिजर्ना क्षेत्रीले गर्नु भएको थियो ।

असार १४ गते दिउसो २ बजे बाट पोखरा ओजनको भव्य हलमा हुन लागेको उक्त फाईनल शो का निमित्त तयारी तिब्र पारीएको आयोजकले जनाएको छ । पहिलो राउन्डबाट छानीएका १० जना डिजाइनर प्रतिस्पर्धीले फाईनलका लागी आफुहरुले बनाएको ड्रेस उपलब्ध गराउने छन । फाईनलका लागी सबै १० जना प्रतिशप्रधी डिजार्यनर हरुले पाच वटा ड्रेस कलेक्सन उपलब्ध गराउनु पर्ने कोरियोग्राफर सिजर्ना क्षेत्रीले जनाउनुभएको छ ।

प्रतिस्पर्धी फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ । उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।

डिजाइनर डाइरी सिजन १ का बिजेताले उपाधी क्राउन संगै पचास हजार रुपैया नगद बराबरको म्युजिक भिडियो सम्झैता र नेपालको ख्याती प्रप्त म्याग्जीन कभर फोटो शुट गर्न पाउने आयोजकले जनाएको छ । बिजेतालाई चितवन , काठमान्डै , पोखरा, धरान , लगाएतका स्थानमा शोलो रनओए प्याकेज र अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् भने अन्य दश वटा बिभिन्न सब टाइटलमा पनि पुरस्कृत गरिने भएको छ ।

मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट वन्चित र यस क्षेत्रको वारेमा विभिन्न जानकारी हासील गरि व्यबसायिक रुपमा मोडल र फेशन डिजाइनर बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने ब्लुए रेय्स पोडक्सनको ईभेन्ट म्यानेजर सागर आर्चायले बताउनु भयो ।

ब्लुए रेय्स पोडक्सन बिगत सात बर्ष देखि पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस किसिमको फेशन शो ले पोखरामा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरु र फेशन डिजाइनरको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ ।

Write a Comment

Events
Random Picks