पोखराको लेकसाइडमा सवारी दुर्घटना
26-June-2019


पोखरा, असार ११

पोखराको लेकसाइडमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मदिरा सेवन गरी भारतिय नम्बर प्लेटको गाडी चलाएका अजय बरालले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएका हुन् । दुर्घटनामा एक जना गम्भीर र दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

भारतको दिल्लीबाट पोखरा घुम्न आएको उनले मदिराको नशामा सवारी चलाएको पाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए । घाइतेहरुको पोखराकै मेटो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

सवारी चालक  र एच आर ०९ एल ००० ९ नम्बरको गाडी  प्रहरी चौकी बैदामको नियन्त्रणमा छन् । थप विवरण आउन बाँकी छ ।

Write a Comment

Events
Random Picks