पोखरामा ट्राफिक कार्बाही नयाँ शैली : बसको स्टेरिङ्गमा साङ्लो
17-July-2019

जक्सन डट कम
साउन १, पोखरा ।

आर्थिक बर्षको समाप्तीसँगै पोखरामा ट्राफिक कार्बाहीमा केहि फरक भेटिएको छ । 

यस अगाडी सवारी कागजपत्र र चालक अनुमती पत्र अध्याबधिक नभएको चालकको लाईसेन्स वा बिलबुक लिएर कार्बाही गरिन्थ्यो । अनि ट्राफिक कार्यालयले तोकेको नियम नमान्ने चालकलाई पनि यहि अनुसार कार्बाही गरिन्थ्यो । तर पोखराको बगरमा भने ट्राफिक प्रहरीले गरेको कार्बाही भने केहि फरक देखियो । 

पोखरा मिनी माईक्रो बस सेवाको गुडीरहेको बसमा एका एक ट्राफिक प्रहरीले स्टेरिङ्गमा साङ्लोले बाधेर कार्बाही गरेका छन् । चालक भिम बहादुर रानाले ट्राफिक कार्यालयले तोकेको स्थानमै रोकेर यात्रु चढाउदा अनौठो तरिकाले कार्बाही गरेको धारणा राखे । उनले भने–“मैले लाईसेन्स र सवारी जांच पास देखाए तर उँहाहरु मान्नु भएन । बिलबुक, पोखरा बस ब्यवसाय समितीले प्रालिमा दर्ता गर्न सबै सवारीको बिलबुक लगेके छ भने तर मान्नु भएन अनि लाइृसेन्स लगेर चिट दिनुस् भन्दा पनि उल्टै चापी लगाएर जानु भयो ।” 

त्यसो त ट्राफिक प्रहरीले भने पटक पटकको अनुरोध अवज्ञा गरेकाले चापी लगाउन परेको दाबी गर्छन् । उनले भने–“ अब बिलबुक लिएर गोलघर आएर नियमानुसारको जरिबाना तिरेपछि मात्रै साङ्लो र चापी खोलिन्छ ।”

ट्राफिक प्रहरी र सवारी चालकको जुहारीमा पोखरामा यात्रा गरिरहेका यात्रुहरु मर्कामा परेको गुनासो स्थानिय स्तरबाट उठेको थियो ।  

Write a Comment