पोखरामा मिस्टर दारीको अडिसन भोली हुदैँ
12-August-2019


पोखरा, २७ साउन 

मिस नेपाल, मिस्टर नेपाल त सुनिएकै हो । अब नेपालमा नयाँ कन्सेप्टका साथ पहिलो पटक मिस्टर दारी प्रतियोगिता हुँदैछ । यसका लागि मुलुकका विभिन्न शहरमा अडिसन भइरहेका छन् ।

दारी भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गरेको हो । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न भइसकेको छ । अब कोहलपुर, पोखरा र काठमाण्डौमा बाँकी छ । पोखरामा साउन २८ गते क्लाउड नाइनमा हुने निश्चित भएको छ ।

साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ । शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ । पूर्वबाट नौ जना छानिएका छन् । विराटनगरबाट अमनजंग कार्की, हिमाल राज पराजुली, सृजल घिमिरे, इटहरीबाट उमेश परियार, फैयाज अन्सारी, देवराज ओझा र विर्तामोडबाट सञ्जय लुहागिन, इन्द्रजित आचार्य र सरोज नेपाल अर्को राउण्डको लागि छानिएका छन् ।

यसैगरी ,चितवन अडिसनबाट सुरज अधिकारी र सुवास सागर छानिएका छन् ।अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जजको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् । यो शोको ब्राण्ड एम्बासडर दाह्री ग्याङका एडमिन समेत रहेका अभिषेक राज सिंह थापा रहेका छन् ।

यस शोमा सहभागिताका लागि प्रतियोगीको दारी हुन अनिवार्य छ । उचाई र शारीरिक मोटाईले खासै फरक नपर्ने जनाइएको छ । फाईनलको लागि देशभरको अडिसन बाट ३० देखि ४० जनालाई छनौट गरेर फाइनल राउण्डको लागि काठमाडांैमा विभिन्न प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।

बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको व्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै, बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने आयोजकको भनाई छ ।

Write a Comment