पोखराको न्युरोडमा लागेकाे भीषण आगो नियन्त्रणमा, न्युरोड एरिया अस्तव्यस्त (फोटोफिचर)
13-August-2019


जक्सन डटकम
पोखरा, २८ साउन 

पोखराको न्युरोडमा लागेको आगलागी नियन्त्रणमा लिइएको छ । भाटभटेनी नजिकैको एक कम्प्लेक्समा लागेको आगलागीमा करिब २३ वटा सटरहरु जलेर नष्ट भएका छन् । 

कम्प्लेक्समा लागेको आगो दमकल, निजी पानी ट्यांकर, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको हो ।

सो कम्प्लेक्समा इलेक्ट्रिकल पसल, जुस पसल, फोम हाउस, रेष्टुरेण्ट, फेन्सी, चस्मा पसललगायत एक दर्जन पसल थिए । कुन पसलबाट आगलागी सुरु भएको हो भन्ने जानकारी प्राप्त भएको छैन् । 

अपरान्ह सवा ४ बजेबाट आगलागी सुरु भएको थियो । कम्प्लेक्समा आगलागी सुरु हुनासाथ न्युरोडको बाटो जाम भएर अस्तव्यस्त भएको थियो । जामलाई हटाउन पुलिस तथा सर्वसाधरण मानिसले सहयोग गरेका थिए । 


आगलागीबाट त्यहाँ रहेका पसलका सामान जलेर नष्ट भएका छन् क्षतिको विवरण आउन बाँकी छ ।

फोटो : सबिना रानाभाट, सचिन मल्ल / जक्सन डटकम

 

Write a Comment

Events
Random Picks