पोखराका ११ वटा वडा कार्यालयमा चोरी गर्ने थापा पक्राउ
14-August-2019

जक्सन डटकम
काठमाडौं, २९ साउन

पोखरा महानगरपालिकाका ३३ वटा कार्यालयमध्ये ११ वटा वडामा चोरी गर्दै हिँड्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् ।प्रहरीले उनलाई ९ वटा कम्प्युटर, ४ ल्यापटप र  अन्य चोरीमा संलग्न सामानसहित पक्राउ गरेको हो।

पोखरामा चोरी गरेर थापाले काठमाडौं १४ कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्ने मकवानपुर थाहा नगरपालिकाका रुपचन्द्र गोपालीलाई विक्री गर्दै आएका कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । चोरीका सामग्री किन्ने गोपालीलाई पनि कम्प्युटरसहित पक्राउ गरी बुधबार नै प्रहरीले सार्वजनिक गरिएको छ।

उनीहरूलाई चोरी तथा डाकासम्बन्धी कसूर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरिरहेको एसपी कार्कीले बताए। पछिल्लो समय पोखराका महानगरपालिका ६ को वडा कार्यालयमा चोरी भएको थियो। पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो।

उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

 

Write a Comment

Events
Random Picks