एम्पायरको ग्राण्ड अष्ट्रेलियन फेयरमा के के हुँदैछ ?
17-August-2019

जक्सन डटकम
पोखरा, ३२ साउन 

एम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले आईतबार ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गरेको छ । महेन्द्रपुलस्थित मोबाइल टावरमा रहेको आफ्नै कार्यालयमा यो फेयर संचालन हुनेछ । 

‘विद्यार्थीहरुलाई हाम्रो कन्सल्टेन्सीप्रति अझै बढि विश्वासको वातावरण बनोस् भन्नका लागि हामीले कार्यालयमै यो फेयर गर्न लागेका हौँ । र, यसबाट हामीलाई पनि पक्कै फाइदा हुनेछ ।’ एम्पायरका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर स्वतन्त्र प्रताप शाहले भने–‘विद्यार्थीलाई राम्रो काउन्सिलिङ दिनु ठुलो कुरा हो । लोकेशनले खास अर्थ राख्छ भन्ने पनि लाग्दैन ।’

आईतबार १० बजेदेखि ५ बजेसम्म यो फेयर चल्नेछ । एजुकेशनल फेयरमा १५ वटा युनिभर्सिटीबाट प्रतिनिधिहरु आउनेछन् । ‘हामीले विशेषगरी अष्टे«लियालाई फोकस गरेर विद्यार्थीहरुलाई काउन्सिलिङ गछौँ । तर अब चाहीँ क्यानडाको लागि पनि गर्नेछौँ ।’ थापाले भने । 

एम्पायरले पोखरामा गर्न लागेको यो फेयर दोस्रो सँस्करणको हो । ‘हामीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुलाई यो मेलामा विशेष रुपमा आमन्त्रण गर्न चाहन्छौँ । यो विशेष अवसर हुन सक्छ । भविष्यका लागि सोँच्ने बेला यही हो भन्न पनि चाहन्छौँ ।’ एम्पायरका फाउन्डर प्रिया थापाले भनिन् । 

फेयरमा विद्यार्थीसँगै उनीहरुका अभिभावकलाई पनि काउन्सिलिङ गरिने कम्पनीले जनाएको छ । वैदेशिक अध्ययनका लागि लाग्ने प्रोसेस, खर्च र अन्य विभिन्न समस्याहरुको विषयमा फेयरमा उनीहरुलाई अपडेट दिईने कम्पनीले जनाएको छ । 

फोटो : अर्जुन गिरी / जक्सन डटकम

 

Write a Comment

Events
Random Picks