अन्ततः सम्पादक गिरीले पाए सफाई
25-August-2019


जक्सन डटकम
पोखरा, ८ भाद्र

पोखराका पत्रकार तथा ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीले सफाई पाएका छन् । 

केहि समय पहिला जग्गा कारोबारमा पोखराका व्यवसायीबाट ठगिएको भन्ने शिर्षकमा समाचार वनाए पछि उनी विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्धा परेको थियो । त्यही मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए । गिरी माथी व्यवसायीले साइबर क्राइमको मुद्दा लगाएका थिए । 

त्यही मुद्दाको छिनोफानो काठमाडौं जिल्ला अदालतले भदौ ८ गते आइतबार गरेको छ । न्यायधिश विनोद कुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

Write a Comment

Events
Random Picks