टान पशिचमाञ्चलले मानवसेवा आश्रममा स्थापना दिवस मनायो
5-September-2019

जक्सन डटकम
पोखरा, १९ भदौ 
 ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल 'टान' पश्चिमाञ्चल क्षेत्रीय संघले आफ्नो २७ औं स्थापना दिवस मानव सेवा आश्रमका बृद्ध वृद्धा, असहाय र असक्तसँग मनाएको छ । टानले व्यवसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो स्थापना दिवस मानवआश्रममा मनाएको हो । आश्रममा आश्रीतहरु ९६ जनालाई खाद्यान्न जुस, नगद सहयोग गरेर मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले वताए ।
मानव चेतनशील प्राणि भएकाले मानवीयतालाई जहिल्यै केन्द्रविन्दुमा राखेर सामाजिक सेवाभावबाट अग्रसर हुनुपर्ने उनको भनाइ थियो । आश्रमका बुबा आमाको अनुहारमा सानो खुशी ल्याउन मानवीयताको भावनलाई जागृत गराउन आश्रम आएर स्थापना दिवस मनाएको टानका महासचिव जीवन सापकोटाले वताए  ।

आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले मानव मानव बीचको सम्बन्ध र दुरीलाइ नजिक ल्याउन सक्नुनै उत्कृष्ट सेवा भएको वताए । एक अर्काप्रतिको माया र सम्मान अनि मानवीयताले समाजलाई सकारात्मकता पैदा गर्ने उनको भनाई थियो । सोहि अवसरमा टानले आफ्नो संस्थाका संस्थापकलाई समेत सम्झेको छ । अध्यक्ष हरि भूजेल नेतृत्वको कार्य समितिले बिहीबार सस्थापंक अध्यक्ष राम बहादुर श्रेष्ठलाई उनकै निवासमा पुगेर भेटि सम्मान समेत गरेको छ । 

Write a Comment

Events