अस्पताल भित्र पनि झुल टाँगेरै सुत्छन् डेंगुका बिरामीहरु
10-September-2019

गौरव त्रिपाठी / जक्सन डट कम 
पोखरा २४ भाद्र 

पोखरा अंमरसींह चोककी सोनीका गुरुङ कालीका माध्यामीक विद्यालय, रामबजारमा कक्षा दशमा पढ्छिन् । उनलाई आइतवार विद्यालयमा टाउको दुखेर शरीर एक्कासी भारी भयो, शरिर धान्ने नसक्ने भएपछि विद्यालयवाट बिदा मागेर घर फर्कीन, तर घरमा पनि उनीलाई थामी नसक्नुको हनहन्ती ज्वरो आयो रात भरी । उनका अबिभावक पनि छोरी विरामी परेको पीडामा रातभरी सतेनन् । उनी सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल आइन् अबिभावकसँग । उनीलाई डाक्टरले डेंगुको परीक्षण गर्न लगाए डेंगु पोजेटीभ देखियो । डेंगु पोजेटिभ देख्ने बित्तीकै डाक्टरले उनीलाई झुल  किन्न लगाए र भर्ना गरे, अस्पतालमा झुल भित्र उपचार गराइरहेकी छिन् यती बेला सोनीकाले  । 

पोखरा सिम्पानीका विजय सुवेदी पनि मनिपाल हस्पिटलको बेडमा झुल टागेर विगत चार दिन देखि  उपचार गराइरहेका छन् । पोखरामै एक जना संक्रमीतलाई आज देखि आइसीयुमा राखेर उपचार गर्न थालीएको छ । 

अस्पतालमा आउने सवै डेंगुका बिरामीहरु झुल टाँगरे मात्रै भर्ना लिने गरिएको छ । वास्तबमा अस्पताल सबै भन्दा सुरक्षीत महशुस गरिने स्थान हो विरामीका लागि तर पनि यति खतरनाक रोग फैलियो की अस्पताल पनि सुरक्षीत हुन सकेन । तयसेले त विरामीलाई डेंगुको शंका लागने वित्तिकै झुल किन्न पठाँउछन् डकटरहरु । अनि पोखराका सवै जसो अस्पतालहरुमा झुल टाँगेर औषधोपचार गरेका छन् बिरामीहरु । 

गण्डकी प्रदेशकै सवैभन्दा ठुलो र सवै स्तरका नागरिकको पहुँच भएको अस्पताल मानिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा यतीवेला डेंगु संक्रमणका विरामीको चेक जाजँ गर्ने किट को अभाव छ । सरकारी अस्पतालमै अभाव भए पछि बिरामीहरु कहाँ जाने त उपचारका लागि गम्भिर प्रश्न छ । यो प्रश्नको उत्तरमा प्रतिष्ठानका निर्देशक निर्देशक डाक्टर अर्जुन आचार्य भन्छन्–“अहिले पोखरामामा मात्रै होईन देशै भरीवाट विरामीको चाप वढेको छ, कसैलाई सामान्य ज्वरो आउदा पनि आफुलाई डेंगु भएको होकी भनेर परीक्षण गर्न आउनेको सख्या थामी नसकनु रहेको छ ।” 

उनका अनुसार पोखरामा विरामीलाई सुरक्षित तरिकाले राख्ने ठाउँ समेत अभाव हुन थालेकाले थप वीरामीहरु लिने अवस्था नै छैन । उनले थपे–“यसैत अन्य विमारीको वढी चाप हुने यो अस्पतालमा अहिले मनाङ र मुस्ताङ वाहेक अन्य जिल्लावाट डेंगु संक्रमण भएर उपचार गराइरहेका छन् ।” भाद्र पाँच गते देखि यता मात्र दुई सय २५ वटा डेंगु परीक्षण किट प्रयोग भैइसकेको छ । अहिले अस्पतालमा किटको अभाव छ हामीले डेंगु परीक्षण गर्न नै सकिरहेका छैनौ  विरामीहरु वाहीर महङगो रकम तिरेर परीक्षण गर्न वाध्य भएको आचार्यको भनाई छ । 

नेकपाका नेता बामदेब गौतम, सघीय मन्त्री, डाक्टर सन्दुक रोइत लगाएत  गण्डकी प्रदेशका सांसदमा पनि पछिल्लो समय संक्रमण देखिएको छ । यि त पछिल्लो समय पोखराका हस्पीटलमा डेंगु संक्रमण भएर उपचार गरेका प्रतिनिधी पात्र मात्र हुन् । आजसम्म देश भरमा  करीव ५६ वटा जिल्लाका ५ हजार जतीलाई अहिले ढेंगुको संक्रमण देखिएको छ । देशभरमा अहिले सम्म संक्रमण वाट ६ जनाको ज्यान गइसकेको छ  ।

कुनै पनी रोगको महामारी फैलिएमा राज्यका संयन्त्रहरुले उपचारको वारेमा सहजीकरण गर्ने गर्छन् तर यसपाली गण्डकी प्रदेश सरकारले डेंगु संक्रमणको रोक थामका लागी २१ लख रकम छुटाए पनि पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानमा किटको अभाव छ । गत वर्ष सरकारले डेंगु नियन्त्रण गर्न बिभिन्न कार्यक्रम संचालन तथा उपचारमा सहुलियत प्रदान गरे पनि यो वर्ष काठमान्डौको केहि ठाउँमा बाहेक अन्य ठाउँमा उपचार गर्न सहुलियत प्रदान गरेको छैन । 

फोटो : अर्जुन गिरी / जक्सन डट कम 
भिडियो : आशिक थापा / जक्सन डट कम 

 भिडियो हेर्नुहोस :

Write a Comment

Events
Random Picks