५ रुपैयाँमा पनि बिक्दैन घिरौला
17-September-2019

विषादी रहित घिरौला डस्बिनमा फाल्छन् अनि विष मिसिएको महंगो तरकारी खान्छन् पोखरेलीहरु  

गौरव त्रिपाठी
पोखरा, ३१ भाद्र

पोखरा मालेपाटनका चेतभक्त अधीकारीले तराकारी बिक्री गरेर यो सिजनमा राम्रै आम्दानी गर्ने साचेका थिए । तर, उनले सोचेको जस्तो भएन यसपाली । बर्खे तरकारीमा यतीबेला उनको बारीमा र घरका छानाबाट आगनै ढाकिने गरी घिरौलानै घिरौला झुण्डिएका छन्। तर बजारमा  आज भोली आफ्नो बारीमा उत्पादन भएको  घिरौला बिक्री हुन छाडे पछि तिनै घिरौला काटेर मल बनाउनु परेको दुखेसो उनको छ ।

उनि त प्रतिनिधी पात्र मात्रै हुन्, पोखराका अधिकतम किसान यतीबेला आफ्नो बारीको घिरौला बिक्री नभएर हैरान छन् । किसालने उत्पादन गरेको घिरौला बजारमा आज भोली पाचँ रुपयाँमा पनि बिक्री हुन सकिरीहेको छैन । उत्पादन भएका घिरौलाले बजार भाउँ नपाउदा किसानहरु चिन्तीत भएका छन् । वर्षा मौसम राम्रो भए सगै पोखरा र यस आसपासका क्षेत्रमा लहरेवालीको उत्पादन राम्रै सगँ फस्टाइरहेको छ । बजारमा पाचँ देखी दश रुपयाँमा पाइने घिरौलाको स्वाँद कमैले लिइरहेका छन् ।

घिरौला, करेला,भेन्डी,भेन्टा बोडी र काक्रो पोखराको बजारमा पाइने यतिबेलाका बर्खे लहरे तरकारी हुन् । “आफुले उत्पादन गरेको घिरौलाले राम्रो बजार भाउ नपाए पछी बारीमा नै मल बनाउन प्रयोग गरेको अर्की किसान पुजागगाँ भिन्तुना बताउँछिन् ”।  

चेतभक्त अधिकारीले गुनासो गर्दै कृर्षी बजार बिक्री केन्द्र नयाँबजारको  मण्डीमा आफुले लगाएको बर्खे तरकारीको मुल्य धेरै नपाएको बताए । धेरै किसानहरुले यतीबेला घिरौला काटेर आफ्नै गाई भैंसीलाई कुँडोको रुपमा खुवाउनु परेको बताउछन् । 

कृषि उपज बजार स्थल नयाँबजारमा भण्डारण कक्ष संचालन गरेका भिमादका बृहस्पती सुवेदी मानिसहरु मौसमी भन्दा उल्टो तरकारी खोज्ने बताउछन । उनी भन्छन् “घिरौंला सस्तो हुदा काउली ,बन्दा, फर्सीको  खोजी गर्छन्” । 

बोडी ,घिरौला, भेण्डी, काक्रो र करेला पोखराको हेम्जा ,मालेपाटन र बागमारा, भलाम, पुम्दीभुम्दी लगायतका क्षेत्रहरुमा बढी उत्पादन भैइरहेको छ तर किसानले लहरे बालीले त्यत्ती बजार भाउ पाउन नसकेको पोखरा महानगरपालीकाका कृषि बिभाग प्रमुख बरिष्ठ कृषि अधिकृत मनोहर कडरीया बताउछन् ” । 

बिक्रेता राम प्रसाद अर्याल भन्छन " सिजन भएको बेला बेमौसमी तरकारीहरु उत्पादन भईरहेका छन् त्यो विषादी प्रयोग नगरी कसरी उत्पादन भईरहेको को छ ? " भारतबाट आउने फलफुल तथा तरकारीमा विषादी परीक्षण गर्नु पर्ने तर हामी आफैले उत्पादन गरेका तरकारीहरुमा विषादी मापन गुणस्तरीय तरीकाले नभएको अर्यालको गुनासो छ । 

यो कुरामा विषादी अवशेस द्रुत विश्लेषण कार्यालयका कर्मचारी सञ्जीब बास्तोला भने कृषक र बिक्रेताको आरोप स्विकार्न तयार छैनन । उनी भन्छन् “दैनिक रुपमा तिन देखी चार थरीका तरकारीहरुको प्ररिक्षण गरी रहेका छौं लगभग पोखरामा आउने सबै खालका तरकारीहरुको एक चरणको विषादी परिक्षण भईसकेको छ ।” उनले दैनिक प्रयोग हुने तरकारीहरुमा 'आरगोन फोर' र 'कारवा मेट' (तरकारीमा हुन सक्ने विषादीको मात्रा)  प्रयोग भए नभएको परिक्षण हुने बताए । किटनासक औषधी भन्दा पनि आजभोली अरु जोखीम पुर्ण औषधीहरुको प्रयोग भइरहेकोले त्यो पनि  समय समयमा परीक्षण गर्दै आइरहेको बास्तोला बताउछन् ।

पोखराका बजारमा पाइने बर्खे तरकारी निर्धक्क रुपमा खान योग्य रहेको पनि उनको दावी रहेको छ । '' बजारमा पाइने यो सिजनका सस्तो दर भाउँका तरकारी भन्दा महङगो तिरेर अन्य तरकारी यतीबेला पोखरेलीको भान्सामा पाकीरहेको छ, जुन जानी जानी विष खाए जस्तो हो '' उनि भन्छन् । 

Write a Comment