आहाँ ! काठे पिङ्ग : दशैंको महत्वसँग जोडिएको पिङ्ग देख्नै मुस्कील (फोटोफिचर सहित)
6-October-2019

विष्णु गौतम
पोखरा, १९ असौज
असोज लागेपछि गाँयघरका चौपारी, विद्यालय, डाडा, मन्दिर लगाएतका सार्वजनिक स्थानहरुमा मान्छेहरुको भिड हुने गर्छ । भिड हुनुको कारण हो असोजसँगै उमंग वनेर आउने दशैं अनि दशैंसँग आउछ पीङ् खेल्ने संस्कृती । तर आजभोली दशै परिवर्तित भएको छ पीङ संस्कृती अहिले लगभग हराएको अवस्थामा छ । तर पनि कतिपय यस्ता ग्रामिण वस्तीहरु छन् जहा अहिले पनि यो संस्कृतीलाई विर्सेका छैनन् । 


केहि वर्ष अगाडी सम्म सवै स्थानमा दशै आउन १५ दिन अघिदेखी नै चर्खे वा काठे पिङका सामान जुटाइन्थ्यो। गाउँघरका सबै मिलेर चर्खे पिङ बनाउँथे। कास्कीमा पछिल्लो समय यस्ता दृश्य एकादेशका कथाजस्तै बनेको छ। दसैंमा रमाइलो गर्ने माध्यम मानिने चर्खे पिङ हराउन थालेको छ।

रोजगारीका लागि गाउँबाट अधिकांश युवापुस्ता बाहिरिन थालेपछि चर्खे पिङ बनाउने परम्परा पनि मासिन थालेको हो। प्रत्येक टोलमा बनाइने चर्खे पिङ अहिले पुरै गाउँमा एउटा पनि वनाईदैन । 

चर्खे पिङमा एकैचोटी १२ देखी १८ जनासम्म सामुहिक रुपमा खेल्न सकिन्छ। चर्खे पिङ बनाउँदा निकै मिहनेत पर्ने, काठ जुटाउनु पर्ने तर गाउँमा युवकहरु नहुँदा चर्के पिङको परम्परा हराउँदै गएको संस्कृती कर्मी तिर्थ श्रेष्ठ वताउँछन् । काठ किनेर पिङ बनाउँदा लगभग ३ लाखको काठ र ५० जना जतीको श्रम आवस्यक पर्छ । खर्च र काम गर्ने श्रमको अभावका कारण पनि काठे पीङ हराउदै गएको उनको भनाई छ ।

 

विगतमा काठे पिङलाई दसैंमा महत्वका साथ लिने गरिन्थ्यो। चर्खे पिङमा सामुहिक भावना जोडिएको हुन्छ। चर्खे पिङ बनाउँदा, खेल्दा, खेलाउँदा समुहमै काम हुन्छ। एक्लो व्यक्तिले नत चर्के पिङ बनाउन सक्छ, नत, खेलाउन सक्छ। 

दसैंमा गाउँघरको वातावरण यसै पनि रमाइलो हुन्छ नै  कामका लागि बाहिर गएका व्यक्ति दसैंको अवसरमा गाउँघर पुग्ने चलन छ। दसैंमा रमाईलो गर्ने, पिङ खेल्ने, मिठो परिकार खाने परम्परा छ। तर समय र परिस्थितीले दसैंका कतिपय यस्ता विशेषता हराउन थालेको छ। 

फोटोः एन्जल गुरुङ/ जक्सन डटकम

Write a Comment