रवीन्द्र अधिकारीले घोषणा गरेका सय गन्तव्यको प्रोफाइल बन्द
9-October-2019

जक्सन डटकम

२२, असोज
सरकारले चालु आर्थिक वर्ष २०७५र७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ । तत्कालिन पर्यटन मन्त्री स्व.रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए ।

अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ टोली बनाएर निश्चित मापदण्डका आधारमा गन्तब्य छनोट गराएका थिए । पहिलो आवमै ५० करोड रुपैयाँ विनियोजन गरी सरकारले सबै तहका सरकार र निजी क्षेत्रसमेतको सहभागितमा ती गन्तब्यको पूर्वाधार विकास र प्रवर्द्धन गर्ने योजना बनाएको थियो । सोहीअनुसार ५५ वटा गन्तब्यको विस्तृत जानकारी र तस्वीरसहितको प्रोफाइल तयार भइसकेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

चालु आवमा पनि सरकारले यी १ सय गन्तब्यको विकास तथा प्रवद्र्धनमा खर्च गर्ने गरी ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । बोर्डले भने आफ्नै बजेटमा १ सय गन्तब्यको प्रोफाइल बनाइरहेको छ ।

यस वर्ष ४५ गन्तब्यको प्रोफाइल बन्ने

चालु आर्थिक वर्ष २०७६र७७ मा बोर्डले थप ४५ वटा गन्तब्यको प्रोफाइल तयार पारिसक्ने बताएको छ । सो प्रयोजनका लागि बोर्डले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ । ती गन्तब्यलाई बोर्डले प्राथमिकताका साथ प्रबर्द्धन गर्ने योजना बनाइएको छ ।

सरकारले प्रतिगन्तब्य एक आर्थिक वर्षमा ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको छ । उक्त बजेट खर्च गर्ने जिम्मेवारी भने स्थानीय तहको हो ।

नेपालको पर्यटन लामो समयदेखि सिमित गन्तब्यमा केन्द्रित छ । यसलाई बिस्तार गर्दै हरेक जिल्लामा कम्तिमा एक नयाँ गन्तब्य स्थापित गर्ने लक्ष्यसहित सरकारले १ सय गन्तब्यको छनोट गरी विकास शुरु गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना महाशाखाका अनुसार यी गन्तब्यमा दिइएको रकम पूर्णतया पूर्वाधार विकासमा खर्च गर्नुपर्छ ।

साभारः अनलाईन खबर डटकम

Write a Comment

Events
Random Picks