दशैंमा सडक व्यवस्थान– 'गरे हुँदो रहेछ'
9-October-2019

विष्णु गौतम
पोखरा, २२ असौज
नेपालकै दोश्रो ठुलो ट्राफिक समस्या भएको सहर हो पोखरा । यत्ति ठुलो सहरमा पनि ट्राफिक व्यवस्थापनका लागि आवस्यक पर्ने समाग्रीहरुको जोगो भने सुन्य वरावर नै रहेको छ । जक्सन डटकमसँग कुरा गर्दै ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक मुरारी मिश्रले भने हामीलाई हात खुट्टा वाधेर दगर भनेजस्तो भएको छ ।” उनका अनुसार पोखरामा करिव दैनिक १५ हजार सवारी साधन गुड्ने भए पनि ती सवारी साधनको माधक पदार्थ सेवन मापसे जाचका लागि जम्मा एक थान मात्रै ब्रेथ एनलाईजर मेसिन भएको जानकारी दिए ।  उनले भने –“दैनिक कति जनालाई मुख आँ गर्नुस् त भन्ने ।” यस्ता समस्यात कति छन् कति तर पनि हामी जनताको सेवा गर्न आएको हो त्यसमा हाम्रो वलवुताले भ्याएसम्म लागिपरेका छौं उनले भने । 


यातायात व्यवस्था कार्यालयका प्रमुख अच्युत रेग्मीका अनुसार पोखरा क्षेत्रमा यातायातका करिब २० हजार सवारी साधन रहेका छन् । जसमा १६सय ट्याक्सी, सात सय पर्यटक सवारी साधन, १५सय सार्वजनिक बस तथा मिनिवसहरु, २२ सय निजी चारपाँग्रे सवारी, १५ हजार जती मोटरसाईकल र १ हजार जती अन्य सवारी साधानहरु दैनिक संचालनमा रहेने गरेका छन् । ती सवै सवारीलाई दैनिक रुपमा व्यवस्थापन गर्ने जिम्मा भने ट्राफिक कार्यालय कास्कीमा रहेका ९७ जना ट्राफिक प्रहरीहरुको रहेको छ । त्यसमा पनि मुख्य मुख्य चाढहरुमा भने त्यो समस्या अझै धेरै हुने गरेको पनि ट्राफिक प्रहरी प्रमुख मिश्रको अनुभव छ । 
जिल्ला ट्राफिक कार्यालय कास्कीले यो वर्षको दशै लक्षित रणनीति पुरा भएको जानकारी दिएका छन् । जक्सन डटकमसँगको कुराकानीमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक मिश्रले रणनीति सार्बजनिक आउदो पुर्णिमाको दिन हुने भए पनि दशैंका मुख्य दिनहरु सकिएकाले कास्कीको ट्राफिक प्रहरी सफल भएको धारणा राखेका हुन् । उनले भने–“हामीले घटस्थापना देखी पुर्णिमा सम्मका १५ दिनको ट्राफिक व्यवस्थापनको प्रगती विवरण सार्वजनिक गरे पनि आज सम्मको प्रगतीहेर्दा हामी निकै सफल भएका छौं ।” 

के थियो रणनीति
हामीले दशैंका वेलामो चेकिङका लागि शंका लागेका सवारीमा मात्रै ध्यान केन्द्रित गरेका थियौं । यो वेला हामीले राजश्व संकलन भन्दा पनि सवारीलाई व्यवस्थापन र सडकलाई क्लियर गर्ने रयानिती लिएका थियौं । अनि हामीसँग जम्मा ९७ जना मात्रै ट्राफिक साथीहरु छन् त्यसैले तिनिहरुलाई कसरी धेरै स्थानमा परिचालन गर्न सकिन्छ भनेर काम गरेका हौं । यो विचमा अधिकतम यात्रुको गुनासो सिट पाईएन भन्ने नै हुदो रहेछ त्यहि भएर मैले नै संयाजनकारी भूमिका खेलेर पृथ्वी वस व्यवसायी संघका साथीहरुसँग अनुरोध गरे त्यहि अनुसार काम भयो अनि त्यो समस्या पनि भएन । वडी भाडा लिनेहरुलाई म आफै अगाडी वढेर कार्वाही पनि गरे अनि हामीले साधा पोशाकमा पनि ट्राफिक छोडेका थियौ त्यसले पनि निकै राम्रो काम ग¥यो । 

पोखरेलीहरु ट्राफिकलाई सहयोग नै गर्दैनन् 
पोखरामा सार्वजनिक सवारीका लागि ट्याक्सी सवै भन्दा पहिलो नम्मरमा आउँछ । तर पोखराका कुनै पनि ट्याक्सीले मिटर प्रयोग गर्दैनन् हामीले छड्के जाँचका क्रममा त्यो भेटेका पनि छौं तर यात्रुहरुले हामीलाई सर्पोट गर्नु हुन्न अनि उजुरी पनि गर्नुहुन्न । हामीले थाहापाएर पनि यात्रु ठग्ने चालक र सवारीलाई कार्वाही गर्न सकेका छैनौं । यहि अवस्था  हुने हो भने अवको केहि वर्षमा पोखराले काठमाण्डौलाई जित्छ अनि कसैले पनि नियन्त्रण र व्यवस्थापन गर्न सक्दैन । सवारीलाई नियमन गर्ने विषयमा रुटका वारेमा कहा रोक्ने कहा जाने कसरी जाने जस्ता स्थानका निकर््यौल पनि महानगरले गर्नु पर्ने हो तर त्यो पनि छैन म त भन्छु पोखरामा स्थानिय स्तरमा साह्रै वेथिती छ । हामीले त सहयोग गर्ने हो नमाने नियमअनुसार कार्वाही अगाढी बढाउने हो तर महानगरले हामीलाई त्यसको लागि वातावरण वनाईदिनु पर्ने हो तर त्यो भएको छैन । 

दशैमा समाधान गर्न नसकेका समस्याहरु
हामीले चाहेर पनि वढी भाडा लिनेलाई कार्वाही गर्न सकेनौं । त्यसको पहिलो दोशी हामी हौंला तर पनि सवै भन्दा ठुलो दोशी यात्रु नै हुन् । किन भने टिकट काटिएको छ तर तिर्ने वेलामा टिकटमा तोकिएको मुल्य भन्दा वढी रकम तिर्नु भएको छ । हामीले धेरैलाई सोध्यौ पनि तर उहाहरु वढी तिरेको स्किानु हुन्छ तर कार्वाही प्रकृया अगाढी वढाउन मान्नु हुन्न । 
यो दशैमा सवै भन्दा वढी  भाडाको समस्या काठमाण्डौवाट आउने सवारीमा देखियो । पोखरा त अन्तिम विन्दु हो त्यसैले हामीले केहि गर्न नै सकेनौ तर काठमाण्डौ र राजमार्गहरुमा हुने चेकिङ्गले त्यति राम्रो काम गरेन । 
यहि वेला राता नम्मर प्लेटका सवारीले पनि भाडामा मान्छे ओसारे । हामीलाई जनगुनासो आएको हो तर पनि कार्वाही गर्न सकेनौं । हामीलाई राता प्लेटका सवारीले भाडामा मान्छे वोकेको थाहा छ अनि चेकिङ ग¥यो यात्रुहरुले नै यो त मैले चिनेको हो मामा हो काका हो दाई हो भनेर भन्ने । त्यसैले गर्दा पनि महंगो भाडामा यात्र गर्न वाध्य भए यात्रुहरु । 

Write a Comment

Events
Random Picks