ताल बाराही मन्दिरमा कोजाग्रत मेला
13-October-2019

पोखरा, २६ असोज

पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा ९कोजाग्रत पूर्णिमा० का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत छ ।

तालको बीचमा रहेका कारण दर्शनका लागि भक्तजनले डुङ्गा चढ्नु अनिवार्य भएकाले आज लाग्ने मेलामा डुङ्गा व्यवसायीलाई यात्रु ल्याउन लैजान भ्याइनभ्याइ भएको छ । आज मात्र सो मन्दिरमा लगभग एक लाख भक्तजनले दर्शन गर्ने तालबाराही मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन समितिका सदस्य जुना अधिकारीले जानकारी दिनुभयो । कोजाग्रत पूर्णिमा भएका कारण बिहानैदेखि भक्तजनको अत्यधिक भीड लागेको उहाँले बताउनुभयो । 

फेवाताल डुङ्गा व्यवसायी समितिले दुईवटा डुङ्गा जोडेर बनाएका ३५ वटा डुङ्गाका साथै अन्य डुङ्गाबाट भक्तजनलाई सेवा प्रदान गरिरहेको समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार फेवातालमा कूल ३६३ डुङ्गाले भक्तजनलाई सेवा दिइरहेका छन् । डुङ्गाबाट मन्दिर आवतजावतका लागि प्रतिव्यक्ति रु ६० तिनुपर्ने हुन्छ । पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटकले पनि यहाँको अवलोकन गर्न र देवीको दर्शन गर्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा तालबाराही मन्दिर रहेको होटल रानीवन अर्किड लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

माछापुच्छे हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडाशैलीको मन्दिर रहेका कारण यसको सौन्दर्य अत्यन्त मनमोहक छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये एक हो । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण ग¥यो भन्ने यकिन तथ्य भने अmझै पनि अनुसन्धानको पर्खाइमा छ । विभिन्न तथ्यका आधारमा मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको पाइए पनि कतैकतै विसं १४४७ देखि नै यसको अस्तित्व रहेको अनुमानसमेत गरिएको छ ।

कास्कीका राजा कुलमण्डन शाहले उक्त मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेका थिए । किंवदन्तीअनुसार प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला रहेको र  त्यहाँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको हो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्यासीनीको भेषमा रातको समय मन्दिर वरपरको गाउँ पुग्दा कसैले पनि बास दिएनछन् तर एउटी बूढीआमाले बास बस्न दिएर रातमा आफूसँग भएको ढुटाको रोटी पनि खान दिइछन् ।

भोलिपल्ट आफू जाने बेलामा सन्यासीनीले बूढीआमालाई अब यहाँ जलमग्न हुन्छ सुरक्षित बस्नु भनिछन् । पछि ठूलो बाढी आएर  त्यहा जलमग्न भएछ र बीच भागमा ढिस्को मात्रै रहन गएछ । त्यही ढिस्कोमा ताल बाराही बसेको जनविश्वास छ । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । 

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेकाले तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको अध्यक्ष  भुजेलले बताउनुभयो । तालमा देखिने माछापुच्छ्रे« हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै  तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ ।

Write a Comment

Events