कास्कीमा ३ जनाको उम्मेदवारी खारेजी हुने
8-November-2019


जक्सन डटकम
पोखरा २२ कात्तिक 

समानुपातिक उम्मेदवारले नै उम्मेदवारी दिए पछि उनीहरुको उम्मेदवारी खारेजी हुने भएको छ  । प्रतिनिधी सभाको उप निवार्चनमा उम्मेदवार दिएका कास्की क्षेत्र नम्बर २ का   तिन जना उम्मेदवारहरुको उम्मेदवारी खारेजी हुने भएको छ ।

संघीय लोकतान्त्रिकका गजेन्द्र सुब्बा ,राष्ट्रिय नागरीक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त बिक्रम शाहको समानुपातिक उम्मेदवारमा यस अघिनै नाम रहेकोले  निवार्चन कार्यालयको कम्प्युटरमा उनीहरुको नाम  प्रविष्टी नभएकोले उनीहरुको नाम उजुरी उपर छानबिन  हुने जनाएको छ । 

अहिले उनीहरुको उम्मेदवारी दर्ता बारेमा छलफल भइरहेको छ । भोली मात्रै उनीहरुको उम्मेदवारी खारेजी हुने जिल्ला  निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।  

 

Write a Comment

Events