प्रस्तावक र समर्थक नपाउँदा उम्मेदवारी दर्ता गर्न पाएनन् शाहले
8-November-2019


जक्सन डटकम
पोखरा, २२ कात्तिक 

कास्की २ को प्रतिनिधिसभा उपनिर्वाचनमा उमेद्वारी दिन आएका जनकपुरका डाक्टर कृष्णचन्द्र प्रसाद साह प्रस्तावक र समर्थक नपाएपछि उम्मेदवारी दर्ता गर्न पाएनन् ।

उम्मेदवार वेजिल्लाको भए पनि  उसका एक जना प्रस्तावक र एक  जना समर्थक स्थानीयको आवश्यक पर्छ । जनकपुर १४ का स्थानीय साहले कास्कीमा स्थानीयको सहयोग नपाएको गुनासो गरे । उनले भने–“ मैले कमजोर वन्दै गएको राष्ट्रियतालाई बलियो वनाउने अभियान स्वरुप तराईको भएपनि कास्कीमा उम्मेदवारी दिन चाहेको हुँ । तर प्रस्तावक र समर्थक नपाएका कारण सम्भव भएन ।” प्रस्तावक र समर्थक वस्न ईच्छुकहरुले पनि आर्थिक र अन्य प्रलोभनका कुरा गरेकाले मैले उम्मेदवारी नदिएको हुँ । उनले भने । 

साहले मधेशी मुलको नेता पहाडलाई पनि चाहिएको भन्दै उमेद्वारी दिन छ दिन अघि पोखरा आएको सुनाए । उनले ६ दिनसम्म पोखरामा प्रचारप्रसार लगायत कार्यक्रम गरेको दाबी गरे । साह यसअघि धनुषा ४ बाट फोरम लोकतान्त्रिकको प्रतिनिधिको रुपमा चुनाव लडिसकेका छन् ।

 

Write a Comment

Events