देउसी भैलो कार्यक्रमबाट सडक बालबालिकालाई सहयोग
15-November-2019


जक्सन डटकम
पोखरा, २९ कात्तिक

पोखरामा रहेको सुर्योदय कला केन्द्र तथा स्पेस डान्स एन्ड फिट्नेस स्टुडियोको आयोजनामा एकादशी साझँ तथा देउसी भैलो कार्यक्रम गरिएको थियो । 

सोही कार्यक्रमबाट उठेको रकमले सडक बालबालिका लाई न्यानो अभियान अन्तर्गत स्वेटर बितरण गरेको छन । यो भन्दा पहिले पनि एकादशी साँझ कै दिनमा हनुमान टोल र रातो पहिरो का बिपन्न बालबलिकालाइ पनि स्वेटर बितरण गरेका थियो । करिब ५० जना सडक बालबालिका तथा बिपन्न परिवारका बालबालिकालाई स्वेटर बितरण गरिएको थियो । बालबालिकाहरु न्यायो कपडा पाउँदा निकै खुशी देखिन्थे । सायद यो पालिको जाडोमा कठयाङिएर बस्न पर्दैन भनेर होला । 

हामीले ठुलो कामबाट मात्र होइन, सानो कामबाट पनि अरुलाई खुशी दिन सकिने सञ्चालकले बताए । आगमी दिनहरुमा पनि अरु थुप्रै यस्ता सामाजिक कार्यक्रमहरु गर्ने एकादेशी साझँको सास्कृतिक आयोजक अमृत नेपालीले बताएका छन् ।

Write a Comment

Events