पोखराको जिरो किलो मिटरमा जिप दुर्घटना ; जीपलाई पोलले किच्यो, चालक सहित यात्रु किचिए (फोटो फिचर)
16-November-2019

पोखराको जिरो किलोमिटरमा शनिबार (कत्तिक ३०) राती भयानक दुर्घटना भएको छ । 

विन्ध्यवासिनीबाट जिरो किलोमिटर तर्फ आउदै गरेको जिप जिरोकिलोमिटर आइ नपुग्दै दुर्घटना भएको हो । ग१ज ६४७९ नम्बरको जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको भनाई छ । 

जिप फुटपाथबाट माथी उड्दै बिजुलीको पोलमा ठोकिएको थियो । स्थानीयका अनुसार जिप तिब्र गतिमा भएका कारण फुटपाथमा उक्ले पछि करिब १ मिटर उडेर बिजुलीको पोलमा ठोकिएको थियो। 

जिपमा सवार तीन मध्ये एक जनाको दुर्घटना पछि आफै निस्केको र दुई जनालाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दुई घण्टा भन्दा बढि समय लगाएर जिवितै उद्धार गरेका थिए । 

जिप पोलको बिचमा अड्किए पछि दुईवटा क्रेनको साहेतामा उद्धार गरिएको थियो । राती साढे ९ बजे भएको दुर्घटनाका घाइतेलाई साढे ११ बजे मात्र उद्धार गर्न टोली सफल भएको थियो । 

ठुलो मात्रामा जनशक्ति परिचालन भएपनि भयानक दुर्घटना भएका कारण उद्धार गर्न ढिला भएको प्रहरीको भनाई छ ।

Photo : Sachin Malla Thakuri , Arjun Giri / Jukson.com 

Write a Comment

Events