पोखराको जिरो किलोमिटरमा जीप दुर्घटना
17-November-2019


पोखरा, १ मङ्सिर

पोखराको जिरोकिमिमा हिजो राती जीप दुर्घटना भएको थियो । जीप दुर्घटनामा जीपमाथि पोल ढलेको थियो । बाग्लुङबाट पोखरा आएको जीप अनियन्त्रित भई पोलमा ठोक्किएको र सोहि पोलले जीप किचेको प्रत्यक्षदर्शीको भनाई छ । 

क्रेनले पोल हटाई जीप उठाइएको छ । आर्मी, एपीएफ, नेपाल प्रहरीले  जीपमा सवार सबैको उद्धार गरेको थियो ।  कसैको हात झ्यालबाट बाहिर झुण्डिएको थियो । करिब १० बजेको समयमा दुर्घटना भएको हो । जीप तीब्र गतिमा रहेको बुझिएको छ ।

थप विवरण आउन बाँकी ।

Write a Comment

Events