पोखरामा ट्याक्टरको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
18-November-2019


पोखरा, २ मंसिर

पोखरामा ट्याक्टरको ठक्करबाट सोमबार बिहान एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-३१ गढीघाटस्थित सडकमा ग१त २८२८ नम्बरको ट्याक्टरले किच्दा वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Write a Comment

Events