नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र
19-November-2019

पोखरा । साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले नेतृत्व असल भए देशले काँचुली फेर्न समय नलाग्ने बताएका छन् । कास्की क्षेत्र नम्बर–२ का लागि चुनाव प्रचारप्रसारमा खटिएका उनले मंगलबार पोखराको रानीपौवामा आयोजित कोणसभालाई सम्बोधन गर्दै देश भ्रष्टाचारमुक्त बन्न सके मात्र विकास सम्भव भएको जिकिर गरे ।

सांसदलाई पैसा बाँडेर ठेकेदार बनाउने काम गरिएको भन्दै उनले साझा पार्टी सधैं त्यसको विपक्षमा रहने प्रतिबद्धता व्यक्त गरे । देशले विकल्पको खोजी गरिरहेको सन्देश दिने जिम्मा कास्कीबासीको हातमा आएको बताउँदै संयोजक मिश्रले त्यसको सदु¥योग गर्न मतदातालाई सुझाव दिए ।

कोणसभालाई सम्बोधन गर्दै कास्की क्षेत्र नम्बर–२ का लागि साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले कुसंस्कृत राजनीतिले मजुदुर र किसानलाई दास बनाएको बताइन् । उनले दासको मानसिकताबाट मुक्त भएर आफ्नो अमूल्य मत खसाल्न मतदातालाई आग्रह गरेकी छन् ।

उम्मेदवार केसी सहितको टोली मंगलबार पोखरा–११ अन्तर्गत काहूँ, फूलबारी, रानीपौवालगायतका ठाउँका मतदाता भेट्न पुगेको थियो । बुधबार पोखरा–१५ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।

Write a Comment

Events