पोखरामा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु
1-December-2019

जक्सन डटकम
१५ मंसिर, पोखरा 
पोखरा महानगरपालिका २० को मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर ५ जनाको मृत्यू भएको छ ।  पुरिएका मध्ये एक जनाको लाश निकालिएको वडा प्रहरी कार्यालय वगरका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए । २० जना सुरक्षा कर्मी र स्थानिय र सोहि नालामा काम गर्ने एक सय ८० जना कामदारको सहयोगमा पुरिएकाहरुको खोजी कार्य भईरहेको पनि उनले जानकारी दिए । 
नाला भन्दा माथीबाट निकै ठुलो ढुङ्गा सहित पहिरो झरेका कारण उद्धारमा समस्या भएको वडा नं २० का वडा अध्यक्ष सिम गुरुङ्गले जानकारी दिए । उनले भने– पाँच जना पुरिएका रहेछन् ठुलो पत्थर खसेका कारण एक जनाको लास निकालियो अन्य दुई जनाको खुट्टा देखिएको छ तर ठुलो पत्थरले अठ्याउदा निकाल्न सकिएको छैन ।”

महानगरपालिकाको कजेक्टिभिटी रोड अन्र्तगतको योजनामा काम भएको थियो । पानीले गलेको जमिन र चर्को घामले सुक्दा पहिरो गएको हुन सक्ने प्रत्यक्षदर्शी  श्रीराम सिग्देलले जानकारी दिए । उनले भने–“ म श्रीमतीलाई स्कुल लैजान मोटरसाईकलम जादै थिए क्रस गर्न नपाउदै पहिरो खस्यो ओई ओई भन्न पनि नपाई सवै पुरिए ।”
मृतकहरु कसैको पनि पहिचान खुलेको छैन 

तस्वीरः श्रीराम सिग्देल

Write a Comment

Events