पोखरामा ढिस्कोले पुरिएर मुत्यु हुने ५ जनाको सनाखत
1-December-2019


१५ मंसिर, पोखरा 
पोखरा महानगरपालिका २० को मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । पुरिनेमा सल्यान बागचौर ४ का जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिजबहादुर बस्नेत रहेको एसपी दान वहादुर कार्कीले बताए। । २० जना सुरक्षा कर्मी र स्थानिय र सोहि नालामा काम गर्ने एक सय ८० जना कामदारको सहयोगमा पुरिएकाहरुको खोजी कार्य भईरहेको पनि उनले जानकारी दिए । 


नाला भन्दा माथीबाट निकै ठुलो ढुङ्गा सहित पहिरो झरेका कारण उद्धारमा समस्या भएको वडा नं २० का वडा अध्यक्ष सिम गुरुङ्गले जानकारी दिए । महानगरपालिकाको कनेक्टिभिटी रोड अन्र्तगतको योजनामा काम भएको थियो । पानीले गलेको जमिन र चर्को घामले सुक्दा पहिरो गएको हुन सक्ने प्रत्यक्षदर्शी  श्रीराम सिग्देलले जानकारी दिए 

 

Write a Comment

Events