पोखरामा भेड़ी गोठाले
5-March-2018

जक्सन डट कम 
फागुन २१, पोखरा ।

गुरुङ संस्कार र संस्कृतिमा आधारति नेपाली भाषाको चलचित्र "क्यु प्ह्रोछे" अर्थात् भेड़ी गोठाले पोखरामा शनिबार विशेष प्रदर्शन गरियो | विशेस प्रदर्शन हेर्न दर्शकको भिड लागेको थियो |

चलचित्र पोखराको तेर्सपट्टी स्थित बाराही चलचित्र मन्दिर 'क'मा विशेष प्रदर्शन गरिएको हो | १२ बजे र ३ बजे गरि दुई शो गरिएको सो चलचित्र प्रदर्शनको आयोजना भने लमजुङको दोर्दी गाउपलिका-५ छैलुंग स्थल मखमली आमा समुहले भूकम्पबाट क्षतिग्रस्त आफ्नो समाज भवन पुननिर्माण सहयोगार्थ आयोजना गरेको हो |

कार्यक्रममा बोल्दै मिलन डी जी इन्टरनेसनलका अध्यक्ष एवं सो चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ "मिलन"ले चलचित्र प्रदर्शन बाट प्राप्त सम्पूर्ण आम्दानी आयोजकलाई नै दिईएको जानकारी दिए | विशुद्द सामाजिक कार्यमा लगानी गर्ने उद्देस्यले नै चलचित्रको निर्मण गरेको भन्दै गुरुंगले छिट्टै यस चलचित्रको सिक्वेलका रुपमा "भेड़ी गोठाले-२" निर्मण गर्न लागेको बताए | साथै चलचित्र हेर्न उपस्थित दर्शको उल्लेख्य सङ्ख्यले आफु उत्साहित भएको गुरुंगले बताए |
सो चलचित्रका प्रदर्शन संयोजक एवं कलाकार खुशी गुरुंङले कार्यक्रमको उद्देश्य पुरा हुने विश्वास व्यक्त गरे | मिलन डी जी इन्टरनेसनल प्रालीकी प्रबन्धक निर्देशक देउकी सिंजाली "दिपिका"ले चलचित्रले दर्शकबाट पाएको मायाले आगामी दिनमा अझ राम्रो गर्ने हौसला मिलेको बताईन |

लमजुङको इलमपोखरी भार्ते लगायतका ठाउँमा छायाँकन गरिएको सो चलचित्रको लेखक तथा निर्देशन सुवास गुरङले गरेको हुन् | कार्यकारी निर्माता दुर्गा गुरुग(तमु) "मिलन"सहित चलचित्रका निर्माताहरुमा विक्रम गुरुङ, विजय गुरुङ र देउकी सिंजाली "दिपिका" छन् | चलचित्रमा राजेश गुरुङ, अश्मी गुरुङ, सुवास गुरुङ, खुशी गुरुङ, गौरी गुरुङ, मेखराज गुरुङ सनम गुरुङ, ध्वज गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् |

यस अघि यो चलचित्र लम्जुंगको बेसीसहर, स्याङ्गजको फेदीखोला, हंगकंग, कतार, काठमाडौं, लेखनाथ, पर्बतको दुर्लुंग, भारतको सिलगुडी, कलिंगपोंग, सिक्किम भइ सकेको छ | अब छिट्टै लन्डन यु.के.मा तमु प्ये ल्हु संघ यु.के. ले क्होईबो निरमणार्थ प्रदर्शन हुँदै छ भनि तमु प्ये ल्हु संघ यु.के.का अध्यक्ष मेजर खुशिमान गुरुङले जानकारी गर्नु भएको छ |

कार्यक्रमको  सम्पूर्ण  फोटोहरु हेर्न यँहा क्लिक गर्नुहोस : http://jukson.com/event/782/bhedi-gothalo-vip-show

Write a Comment

Events
Random Picks