पोखरामा प्रहरीलाई घुस दिन खोज्ने तिन जना पक्राउ
8-March-2018

जक्सन डट कम 
फागुन २४, पोखरा ।

पोखरामा प्रहरीलाई घुस दिन खोज्ने तिन जना पक्राउ परेका छन । नियमित चेकजाँच गर्ने क्रममा घुस दिन खोज्ने पोखरा बिरौटाका अनिल थापा, चाउथॆका मन कुमार जोशी र भक्त बहादुर पक्राउ परेका हुन ।

फागुन २२ गते राती पृथ्विचोकमा चेकिङमा खटिएका प्रहरीलाई घुस दिन खोजे पछि पोखरा बिरौटाका अनिल थापालाई पक्राउ गरेको हो । २६ बर्षिय थापाले मादक पदार्थ सेवन गरि बा ७९ प १०५८ नम्बरको मोटरसाईकल चलाएका थिए । ' एक हजार रुपैंया दिन्छु, मिलाईदिनु पर्यो ' भनेपछि उनी मोटरसाईकल सहित  पक्राउ परेका हुन । 
वडा प्रहरी कार्यालय बैदाममा राखेर उनलाई सार्वजनिक अपराध ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

त्यस्तै फागुन २३ गते पोखरा तालचोक–वेगनास सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन लाग्दा ट्रक ड्राईभर भक्तबहादुर मगर र सह चालक मन कुमार जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सहचालक मनकुमार जोशीले चलाईरहेका ट्रक जाँच गर्ने बेलामा प्रहरीले फेला पारेपछि मिलाईदिन आग्रह गर्दै २ सय रुपैयाँ नगद दिन खोज्दा दुवैजनालाई ट्रक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिआरभी शिसुवाबाट प्रहरी सहायक निरिक्षक केशबहादुर कुमालको कमाण्डमा खडिएको प्रहरी टोलीले तनहुँको कोत्रेबाट ढुंगा लिएर आएको ग १ ख ३०२४ नम्बरको मिनि ट्रक, चालक र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान नवराज भण्डारीले चेक जाँच गर्दै जाँदा सवारी साधन अनुमति पत्र माग्दा त्यस भित्र नगद २ सय देखे पछि यो के हो ? भनी सोध्दा चालक मगरले मिलाई दिनु पर्यो त्यसैले दिएको भनेपछी प्रहरीले दुवैलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिसुवाको नियन्त्रणमा राखेको छ ।

Write a Comment

Events
Random Picks