'द नेक्स्ट'को अस्ट्रेलियन एजुकेसन फियर सम्पन्न : एकै दिन ५०० विद्यार्थीले लिए परामर्श
18-March-2018

सन्तोष बस्याल 
चैत्र ४, पोखरा ।

अष्ट्रेलियामा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि शनिबार पोखराको “दि भिलेज रेष्टुरण्ड” चिप्लेढुङगामा “ द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर —२०१८ ” सम्पन्न भएको छ । काठमाडौं , बुटवल पछि पोखरामा गरिएको उत्त फेयरमा ५०० भन्दा बढि विद्यार्थीले परामर्श लिएको द नेक्स्ट एजुकेसनका क्षेत्रिय प्रबन्ध निर्देशक शुसिल भट्टराईले जानकारी दिनुभयो । 

अष्ट्रेलियाका विभिन्न १२ भन्दा बढि युनिभर्सिटी एवम् कलेजहरुको प्रत्यक्ष उपस्थितिमा विद्यार्थी एवम् अभिभावकहरुले आफ्नो जिज्ञासा राख्न सजिलो हुने हेतुले उत्त कार्यक्रम गरिएको द नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीले बताउनु भयो । 

फेयरमा उपस्थित विद्यार्थीलाई आकर्षक गिफ्टहयाम्पर दिनुका साथै प्रिभिलेज कार्डको पनि ब्यावस्था गरिएको थियो । प्रिभिलेज कार्ड प्राप्त गर्ने विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटीएस अध्ययन तथा प्रोसेसिङ्ग  लगायतका सेवासुविधामा भारी छुट पाउनेछन् ।


 
चितवन र बुटवलका शाखा प्रबन्धकको समेत सहभागिता रहेको उत्त कार्यक्रमको उद्घाटन ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले गर्नुभएको थियो । 

Write a Comment