पोखरामा चैत्र १० गते पाउनुहुनेछ 'टेस्ट अफ हार्मोनी'
18-March-2018

जक्सन डट कम 
चैत्र ४, पोखरा ।
 
पोखरामा क्लासिकल संगीतको मिठो स्वाद दिन 'टेस्ट अफ हार्मोनी' हुने भएकोछ । पोखरामा क्रियाशिल गायिकाहरुको सस्थां ' हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा' ले गर्न लागेको उक्त सांगीतिक कार्यकम यहिँ चैत्र १० गते पोखरा सभागृहमा हुदैछ । कार्यक्रममा पोखरामा क्रियाशिल गायिकाहरुले पुराना क्लासिकल गितहरु प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सस्थांकी अध्यक्ष इतु जोजिजुले अग्रजलाई सम्मान तथा अनुज पुस्तालाई पुराना गीतका बारेमा ज्ञान दिनु नै कार्यक्रमको मुख्य उद्देश्य भएको बताइन । 'यो कार्यक्रमबाट उठेको रकम अवसर नपाएका गायिकाको लागी खर्च हुनेछ' उनले भनिन । 

संथाले गत बर्षको 'हार्मोनियस इभिनिङ्ग'मा नेपाली संगीतमा योगदान गर्नु हुने मिरा राणा, ज्ञानु राणा र बाबा राणालाई सम्मान गरिसकेको छ । यो वर्षपनि सस्थांले नेपाली संगीत क्षेत्रमा अतुलनिय योगदान गर्नुहुने गायिका शान्ति ठटाल, गायिका हरिदेवी कोईराला र गीतकार उषा शेरचनलाई सम्मान गर्दैछ ।

पोखराको 'द मुग्लान रेस्टुरेण्ट' प्रस्तुतकर्ता रहेको कार्यक्रममा यस सस्थांका इतु जोजिजु, कौशल्या गुरुङ, बबी सुनार, अजुता थापा, रुबी गौली , शितल थापा, मितु पल सिंह, रजनी रिदम राई, मालती गुरुङ, प्राप्ती तुलाचन, आंचल लामा, ऋतु लामा र मुस्कान रानाभाटले पुराना तथा नयाँ गितहरु प्रस्तुत गर्नेछन ।

गायिका कौशल्या गुरुङका अनुसार अनुमानित करिब २ लाख ५० हजार खर्च हुने उक्त कार्यक्रम हेर्नका लागि टिकट दर १ हजार र ५ सय रुपैया तोकिएको छ ।

फोटो : गौसब गुरुङ / जक्सन डट कम 

Related Images

Write a Comment

Events
Random Picks