लागुऔषध नियन्त्रण सम्बन्धी वक्तृत्वकलाको उपाधी सगरमाथा माविकी मुस्कानलाई
3-April-2018

गिता राना मगर
पोखरा २० चैत्र ।

११ वटा विद्यालयलाई पछाडी पार्दै सगरमाथा माबि कक्षा १२ मा अध्ययनरत मुुस्कान झाले अन्तरमाध्यामिक बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिताको उपाधी हात पारेकी छिन । कास्की जिल्लामा लागुऔषध नियन्त्रण सम्बन्धी कार्ययोजना २०७३/७४ अन्तर्गत आयोजित अन्तरमाध्यामिक विद्यालय स्तरिय बक्तृत्व कला प्रतियोगिताको उपाधी संगै झाले नगद २० हजार र प्रशंसा पत्र प्राप्त गरिन । 
अघिल्लो वर्षको वक्तृत्वकलामा समेत प्रथम स्थान हासिल गर्न सफल झाले यो पटक लागुऔषध नियन्त्रणमा युवा विद्यार्थीको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा ११ वटा विद्यालयलाई पछाडी पार्दै उपाधी हात पारेकी हुन । झाले कुल पुर्णाङक ३०० मा २३१.५ अंक प्राप्त गर्न सफल भएकी थिइन । 
प्रतियोगितामा २३१ अंक ल्याएर ग्लोबल कलिजियटकी रोजिना आचार्य क्षेत्री दोश्रो भइन । दोश्रो स्थान हासिल गर्न सफल क्षेत्रीले नगद १५ हजार र प्रशसा पत्र प्राप्त गरिन । त्यसैगरी मदरल्याण्ड माबिकी छात्रा प्रकृति सुवेदीले २२५।५ अंक हासिल गर्दै तेश्रो स्थान हासिल गरिनभने प्रतिभा माबिका छात्रा सफल शर्माले शान्तवना स्थान हासिल गर्न सफल भए । तेश्रो र शान्तवना स्थान हासिल गर्ने सुवेदी र शर्माले क्रमश नगद १० हजार र ५ हजार सहित प्रशंसा पत्र प्राप्त गर्न सफल भए । 
प्रतियोगितामा पुरस्कृत बिद्यार्थीहरुलाई प्रमुख अतिथी चार नम्बर प्रदेशका कानुन मन्त्री हरिबहादुर चुमान, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंह, लागुऔषध नियन्त्रण ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिती कास्कीका संयोजक विष्णु बहादुर भट्टराइ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रहरी नायव उपरिक्षक गोविन्द पुरी, सञ्चारकर्मी ऋषिकान्त पौडेल र कास्की मोडनाइज एकेडेमीका सह प्राचार्य शिवलाल उपाध्यायले निर्णायकको भुमिका निर्वाह गरेका थिए । 
प्रतियोगिता सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष सहयोग रहेको थियोभने सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिती कास्की, लागु पद्धार्थ नियन्त्रण तथा समाजसुधार आमा समुह कास्की नेपाल, गेट वे फाउण्डेशन लगायतका संस्थाहरुको सहकार्य रहेको थियो । 

Write a Comment

Events
Random Picks