पोखरामा धम्की तथा चन्दा असुलिको आरोपमा ललित गुरुङ सहित ३ पक्राउ
8-April-2018

पोखरा, २५ चैत 

कास्की प्रहरीले केही व्यक्तिहरुलाई धाक धम्की दिई चन्दा असुली गरेको आरोपमा ललित गुरुङ सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीलाई आएको गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पोखरा १२ का ३४ बर्षिय को ललित गुरुङ सहित पोखराका १२ शितलादेवीका २६ बर्षिय दिपेन्द्र परियार र पोखरा ५ मालेपाटनका २५ बर्षिय संगम थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार नै म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Write a Comment