पोखरामा मालपोत तथा नापी कार्यालयका ६ दलाल पक्राउ
9-April-2018

जक्सन डट कम 
चैत्र २६, पोखरा । 

पोखरामा मालपोत तथा नापी कार्यालयमा काम गर्ने ६ जना दलाल / बिचौलिया लाई प्रहरीले पक्राउ गरेको छ । विचौलियाहरुले सेवाग्राहीलाई भ्रममा पारी मोलमलैया गर्ने र दु:ख हैरानी दिने भन्ने गोप्य सुचनाको आधारमा सोमबार ती बिचौलियाहरु लाई कास्की प्रहरी पक्राउ गरेको हो ।

पोखरालेखनाथ महानगरपालिका बडा नं ६ शहिदचोक फिर्के स्थित मालपोत कार्यालय कास्की वरपर केही ब्यक्तिहरुले मालपोत तथा नापी कार्यालयबाट हुने दैनिक कामकाजमा सजिलो पारिदिन्छु भनि सेवाग्राहीलाई भ्रममा पारी मोलमलैया गर्ने र दु:ख हैरानी दिने गरेको गोप्य सुचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

कास्की प्रहरीबाट खटिएको टोलीले सोमबार सेवाग्राहीलाई भ्रममा पारी दुख हैरानी दिईरहेको अबस्थामा नगद र काम काज गर्दै गरेका कागजपत्र सहित फेला पारेको थियो । 

पक्राउ पर्नेहरुम्मा पोखरालेखनाथ महानगरपालिका कृष्टि बस्ने शिव गुरुङ, बगर बस्ने देबेन्द्र तझ्या, छोरेपाटन बस्ने सहदेव सुवेदी, बेगनासताल बस्ने मनोज तिवारी, बिश्रुत ढकाल र बैदाम बस्ने विष्णु कडेल रहेका छन । उनीहरु माथी थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

Write a Comment