पोखरामा अस्लिल कृयाकलाप गर्ने पक्राउ
20-April-2018

जक्सन न्युज 
बैशाख ७, पोखरा ।

पोखरामा अस्लिल कृयाकलाप गर्ने दुई जना पक्राउ परेका छन । पृथ्विचोक स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख ३६२३ नं. को भाडाबस भित्र राती ९ बजे तिर अस्लिल कृयाकलाप गर्ने दुई (पुरुष र महिला) लाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की पोलेमनपा- वडा नं. ९ बस्ने विशालजंग शाही र एक महिलालाई रहेकी छिन । उनीहरु लाई अस्लिल कृयाकलाप गर्न लागेको अवस्थामा स्थायी प्रहरी पोष्ट बसपार्कमा डिउटीमा खटिएका प्रहरी किसान परियारले भेटेका थिए । भेटेपछी उनीहरुले प्रहरीलाई दुई हजार रुपैया घुस दिने लालाच देकाए पछी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीको  नियन्त्रणमा राखी केही सार्वजानिक अपराध मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Write a Comment

Events
Random Picks