political
समिराको हत्यारा पक्राउ
21-June-2015
टेक्सास, अमेरिका, जुन २० । यहाँको कोलोनी भन्ने ठाउँमा आफ्नै स्टोरमा गोली हानी हत्या गरिएकी नेपाली चेली समिरा शिवाकोटीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । कोलोनी शहरको प्रहरीले आज एक पत्रकार सम्मेलन गरी शिवाकोटीको हत्यारा पक्राउ परेको जानकारी दिएको छ । हत्यारा १९ वर्षको अश्वेत वर्णको डियोन किङ्ग्सटन जुनियर नामको…
सरकारी अधिकारीज्यू, निजी स्कूलको रिजल्ट हेरेर मख्ख पर्ने ?
21-June-2015
काठमाडौ, असार ५ –  सरकारले शिक्षा क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयहरुमा वार्षिक अर्बाै रकम लगानी गरेपनि उक्त लगानी बालुवामा पानी हालेजस्तै भएको छ । शुक्रबार प्रकाशित भएको एसएलसी नतिजामा नियमित तर्फ कुल ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी पास भएका छन् । तर त्यसमध्ये पनि सामुदायीक तर्फ ३३ प्रतिशत मात्र विद्यार्थी…
राहत नपाएर कोही भोकै मरेका छैनन् : बामदेव गौतम 'संसार स्वार्थी भइसकेछ'
18-June-2015
३ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले विनाशकारी भूकम्पपछि राहत नपाएर कोही नमरेको टिप्पणी गरेका छन् । एमालेले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेता माधवकुमार नेपालले राहत वितरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको तथा गर्न चाहनेलाई पनि गर्न नदिएको भन्दै ध्यानाकर्षण गराएका थिए । तर, नेपालको आलोचनाप्रति सन्तुष्टि जनाउँदै…
प्रहरी जवान पदमा भर्ना खुल्यो
16-June-2015
काठमाडौं, असार १– नेपाल प्रहरीको जवान पदका लागि भर्ना आह्वान गरिएको छ । प्रहरीमा विभिन्न कारणबाट रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्नुपर्ने भएकोले भर्ना आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सुचनामा उल्लेख छ । सुचना अनुसार खुल्ला तर्फ १८४ र आरक्षण तर्फ…
लिपुलेकबारे ज्ञापनपत्र बुझाउँदा गृहमन्त्री गौतमले भने, ‘भारतसँगको सम्बन्धमा दरार नल्याउनुस्’
16-June-2015
काठमाडौं, जेठ ३२ – नेपालको भूभाग लिपुलेकको सन्दर्भमा भारत र चीनले गरेको सम्झौताको देशव्यापीरुपमा व्यापक विरोध र बहस भइरहँदा गृहमन्त्री वामदेव गौतमले त्यसमा आफूले केही गर्न नसक्ने बताएका छन् । प्रसङ्ग हो ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र । उक्त मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत सीमाविदहरुको टोली गृहमन्त्रालयमा आज ज्ञापनपत्र बुझाउन पुगेका…
‘लिपु लेक’ सम्झौताको बिरोधमा जल्यो चीन र भारतबीचको सहमति पत्र
14-June-2015
काठमाण्डु, ३० जेठ– चीन र भारतबीच ‘लिपु लेक’ मा व्यापारिक नाका खोल्ने भनी हालै भएको व्यापार सम्झौतामा नेपाललाई वेवास्ता गरिएकोभन्दै बिरोध प्रदर्शन भएको छ । नेपालको भूमि ‘लिपु लेक’मा दुई देशले व्यापार विस्तार गर्ने भनी गरेको सम्झौता नेपालसँगको मित्रवत् व्यवहार अनुकूल नभएको भन्दै अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले त्यसको बिरोध…
कोइराला किन लचक भए ? ८ प्रदेशमा सहमति
14-June-2015
काठमाडौं, जेष्ठ २७ - प्रमुख राजनीतिक दलहरुबीच भएको संविधान निर्माणका बिषयमा १६ बूँदे राजनीतिक सहमतिपछि प्रधानमन्त्री कोइराला अहिले चर्चाको केन्द्रमा छन् । आठ वर्षदेखि रोकिएको संविधान निर्माणको मुख्य ‘गाँठो’ संघीयतामा सोमबार मध्यरात भएको सहमतिसँगै कोइराला चर्चामा आएका हुन् । कोइराला भन्दाअघि तत्कालीन प्रधानन्यायाधीश खिलाराज रेग्मी नेतृत्वको सरकार बाहेक चारवटा सरकार…
‘सिंहदरबार’मा गौरी मल्ल प्रथम नेपाली महिला प्रधानमन्त्री
14-June-2015
नायिका गौरी मल्ललाई यतिबेला नेपालको प्रथम महिला प्रधानमन्त्री बनाएर एक टेलिश्रृङ्खलाको छायांकन भैरहेको छ । २ महिनापछि प्रशारणमा ल्याउने तयारीका साथ यो श्रृङ्खलाको छायांकन अहिले धमाधम भैरहेको छ । १३ भागको यो सिरियलमा गौरी मल्लले सुशासन, नेतृत्व र उत्तरदायित्वको कुरा गर्नेछिन् । महिला प्रधानमन्त्री बन्दा हुने दुख र उसले पाउने…
असार मसान्तभित्र संविधान जारी गर्ने तयारी
9-June-2015
काठमाडौं, २६ जेठ / असार मसान्तमा संविधान जारी गर्नेगरि प्रक्रिया सुरु भएको छ । संविधानको अन्तरवस्तुमा दलहरुबीच भएको सहमतिलाई मंगलबार संविधानसभाको बैठक प्रस्तुत गरेर त्यसलाई सहमति जुटाउन संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिमा पठाएको छ । संवाद समितिले बिहीबार दिउँसोसम्म सहमति सहितको प्रतिवेदन संविधानसभामा पेश गर्नेछ । संविधानका विवादित विषय…