काननु नबन्दै सासंदहरुले बुझे तलब
27-April-2018

विराटनगर १४ वैशाख, । 
जक्सन डटकम
प्रदेश नं १ का ८८ जना  सांसदले सेवा सुविधा तथा तलब–भत्ता सम्बन्धी काननु नबन्दै तलब–भत्ता  बुझेका  छन् । उनीहरुले ४५ हजार रुपैयाँका दरले एकमुष्ट रकम बुझेका हुन् । माघ ७ गते शपथ लिएका सांसदहरुले कानुन अभावका कारण उनीहरुले तलब तथा सेवा सुविधा पाएका थिएनन् । तर कानुन नबनेसम्मका लागि अस्थायी व्यवस्था गर्न केन्द्र सरकारले अनुमति दिएपछि चैत्र मसान्तसम्मको एकमुष्ठ १ लाख २४ रुपैयाँ तलब बुझेका हुन् ।


संसद् सचिवालयका लेखा अधिकृत दहलमान राईले मासिक ४५ हजार रुपैयाँका दरले प्रदेशसभाका ८८ सदस्यलाई पारिश्रमिक बापतको रकम उपलब्ध गराइएको जानकारी दिए ।संसद सचिवालयले सरकारी कारोबार हुने कृषि विकास बैंकमा खाता खोल्न लगाएर प्रदेशसभाका सदस्यहरुलाई उक्त रकम जम्मा गरिदिएको हो ।प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी कुल ९२ जना सांसद् छन् । त्यसमध्ये ४ जना प्रदेश सरकारको मन्त्रीमण्डलमा छन् ।
तर कानुन अभावका कारण उनीहरुले तलब तथा सेवा सुविधा पाएका थिएनन्  तलब सुविधा नतोकिए पनि तत्कालका लागि पारिश्रमिक उपलब्ध गराइएको लेखा अधिकृत राईले बताए ।

 

Write a Comment