मोदी भेट्न कांग्रेस नेताहरु देउवासहित माओवादी अध्यक्ष प्रचण्ड एक्लै होटल पुगे !
12-May-2018

काठमाडौं– कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । 

कांग्रेस नेताहरुले मोदीलाई उनी बसिरहेको होटलमै पुगेर भेट गरेका हुन् । भेटमा  दुई देशबीचको सम्बन्धका साथै आपसी चासोका विषयमा छलफल भएको थियो । 

सो क्रममा मोदीले भारतले  नेपालमा आर्थिक समृद्धि भएको हेर्न चाहेको बताएका थिए । झण्डै २५ मिनेट भएको छलफलमा मोदीले देउवालाई गएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई  समेत दिएका थिए ।  कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले  मोदीसाग सौहार्दपूर्ण वातावरणमा छलफल भएको जानकारी दिए । 

मोदीसँगको भेटमा मोदीलाई देउवासहित नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र पूर्णबहादुर खड्का , प्रकाश शरण महत, कृष्ण सिटौलालगायतको  सहभागिता रहेको थियो । 

 

मोदी भेट्न एक्लै होटल पुगे माओवादी अध्यक्ष प्रचण्ड !

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता  गरेका छन् ।  प्रचण्ड भारतीय प्रधानमन्त्री मोदी भेट्न शनिबार  दिउँसो उनी बसिरहेको होटल हायात पुगेका हुन् । 
पार्टीका कुनै नेताहरु नलिई एक्लै मोदी भेट्न पुगेका प्रचण्डले  दुई देशबीचको सम्बन्ध सुधारमा मोदीले निकै राम्रो भूमिका खेलेको बताए । 
मोदीसँगको भेटमा आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन ध्यानाकर्षण गराएको बताए । यस्तै सीमामा देखिएको समस्या समाधानमा पनि मोदीको ध्यानाकर्षण गराएको भेटपछि सञ्चारकर्मीहरुलाई जानकारी गराए । 
यसअघि कांग्रेस नेताहरु  मोदी भेट्न सामूहिक रुपमा पुगेपनि प्रचण्ड भने एक्लै पुगेका हुन् । 

Write a Comment

Events
Random Picks