जेलबाट छुटेपछि ढुंगेलको प्रतिक्रिया: 'अब कारागार बाहिरको यात्रा सुरू भयो।'
29-May-2018

जक्सन डटकम
पोखरा, जेष्ठ १५  
सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैद सजाय सुनाएका बालकृष्ण ढुंगेल रिहा भए पछि आफू अब गणतन्त्र बचाउन लाग्ने बताएका छन्।
डिल्लीबजार कारागारबाट छुटेका ढुंगेलले आफूले गणतन्त्रको लागि योगदान दिएको भन्दै त्यसलाई बचाउन लागिपर्ने बताएका छन्।
सरकारको निर्णयबाट आफू खुसी पनि नभएको र निरास पनि नभएको प्रतिक्रिया दिएका छन्। ‘यो निर्णयबाट म खुसी पनि छैन र निशास पनि छैन,’ उनले भने,‘ अब कारागार बाहिरको यात्रा सुरू भयो।’ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल रिहा भएका हुन्।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त भएका हुन्।
यसअघि जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए। तर सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो।

फाइल तस्बिर 

 

Write a Comment