नेविसंघले ढुंगेलको रिहाइविरुद्ध धर्ना गर्ने
29-May-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ १५ 
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा दोषी ठहरिएका बालकृष्ण ढुंगेललाई सरकारले माफी दिएको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध स्वरूप धर्ना गर्ने भएको छ।
राजधानीको डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका ढुंगेल गणतन्त्र दिवसको अवसर पारेर मंगलबार छुटेका हुन्।  ढुंगेलको रिहाईले विधिको शासनको खिल्ली उडाएको भन्दै धर्ना दिन लागेको नेविसंघका सभापति नैनसिंह महरले बताए।
दिउँसो २ बजे पुतलीसडकमा धर्ना दिने कार्यक्रम रहेको उनले बताए।
‘ढुंगेल रिहाइको विरोधमा जुलुस र धर्ना कार्यक्रम छ’ महरले सेतोपाटीसँग भने, ‘अदालतले दोषी ठहर गरेका ढुंगेललाई रिहाइ गर्नु भनेको विधिको शासनको खिल्ली उडाउनु हो।’
सरकारले असल चालचलनको आधारमा ४० प्रतिशत कैद सजाय भोगिसकेको भन्दै ढुंगेललाई रिहाइ गरेको हो।

 

Write a Comment