कांग्रेसद्वारा प्रदेशको नाम माग्दै प्रदेशसभा बैठक अवरुद्ध
10-June-2018

जक्सन डटकम 
पोखरा, जेठ २७ 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ४ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
प्रदेशसभाको नामसम्वन्धी प्रतिवेदनमाथि छलफलको माग गर्दै कांग्रेस बैठक अवरुद्ध गरेको हो । आइतबारको प्रदेशसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे ।
संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताए । बजेट आउनुअघि नै प्रदेशको नामबारे टुंगो लगाउनु पर्ने कांग्रेसको माग छ ।
१२ चैतमा गठित नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ ।
तर, नियतबश नामका बिषयमा छलफल नचलाइएको कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुको नाराबाजीपछि बैठक स्थगित गरिएको छ ।
२ बजेका लागि डाकिएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरु भएको थियो । तर, बैठकको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाए ।

Write a Comment

Events
Random Picks