आफूमाथि झुटो आरोप लगाइएको आचार्य श्रीनिवासको दाबी
27-June-2018


जक्सन डटकम
पोखरा, असार १३ 
आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ परी रिहा भएका आचार्य श्रीनिवासले आफूमाथि झुटो आरोप लगाइएको दावी गरेका छन्।
आचार्य श्रीनिवासले आफूमाथि अन्याय गरिएको भन्दै छानबिनका लागि आयोग गठन गर्न समेत सरकारसँग माग गरे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न पनि छानवीन समिति बनाउनुपर्ने तर्क गरेका छन्।
गत चैत्र २५ गते विहान करिब २ बजेतिर शौच गर्न निस्किएको बेला श्रीनिवासमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । त्यसपछि श्रीनिवास आफैंले गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि उनलाई पक्राउ गरेको थियो।
श्रीनिवास गत शुक्रबार ५ हजार धरौटी बुझाएर रिहा भएका थिए । आचार्य श्रीनिवासले घटनाको दोषी खोज्न राज्यपक्ष असफल भएपछि आफूमाथि झुठा अभियोग लगाएर मुद्दा चलाउने कार्य भएको भन्दै आपत्ति जनाएका छन्।

 

Write a Comment

Events
Random Picks