जनताको अधिकार विपरित निषेधाज्ञा जारी: भट्टराई
4-July-2018


जक्सन डटकम
पोखरा, असार २० 
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकारविपरीत सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर बोल्दै उनले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवाद उन्मुखविरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको धारणा व्यक्त गरे । उनले भने, "लोकतन्त्रका सामान्य मूल्य मान्यताविपरीत आधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ, यो लोकतन्त्रलाई सङ्कुचित गर्ने काम हो ।'

शिक्षा र स्वास्थ्य कहिल्यै पनि मुनाफाको विषय हुन नसक्ने उल्लेख गर्दै उनले राज्यले सबै जनतालाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको प्रत्याभूत दिलाउपर्नेमा जोड दिए ।

Write a Comment

Events
Random Picks