बन्दका कारण जनजीवन प्रभावित काठमाडौंकोमा बसमा ,चितवनमा ३ वटा गाडीमा तोडफोड
16-August-2015

File photo

काठमाडौंको बबरमहलमा बसमा तोडफोड

मोहन वैद्य नेतृत्वको माओवादीसहित जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण  आइतबार मुलुकभरको जनजीवन प्रभावित भएको छ।

उपत्यकामा फाट्टफुट्ट मात्र सार्वजनिक यातायातका साधन चलेका छन्।

केही नीजि सवारी साधन पनि सडकमा हुइकिरहेका छन्। काठमाडौंबाट छुट्ने लामो दुरीका कुनैपनि सवारी साधन आज चलेका छैनन्। ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई उनीहरुले बन्द अाब्हान गरेका हुन्।

वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरु सँगै मिलेर अान्दाेलन गरेका हुन्।

बन्दकर्ताले काठमाडौंको बबरमहलमा बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो । बन्दको सिसा पूर्णरुपमा फुटेको छ । बन्दकर्ताले चितवनमा ३ वटा गाडीमा तोडफोड गरेका छन् ।

source; setopati.com