विदेश भ्रमणमा जान लागेका उपकुलपतिलाई विमानस्थलबाटै फर्काइयो
8-July-2018

जक्सन डटकम
पोखरा, असार २४
भ्रमण स्वीकृति विना नै विदेश भ्रमणमा जान लागेको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्री कार्यालयले विमानस्थलबाटै फर्काएको छ । क्यानडामा आयोजित १७ औं संःकृत सम्मेलनमा सहभागी हुन जान लागेका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइरालालाई प्रहरीले विमानस्थलबाटै फर्काएको हो ।
विमानस्थलमा लगेज चेक गराउने क्रममा प्रहरीले कोइरालालाई बालुवाटार लगेको थियो । बालुवाटारमा करिब १ घण्टा नियन्त्रणमा राखिएका कोइरालाले सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाएका छन् । कानूनी प्रक्रिया मिलाएर सम्मेलनमा भाग लिएर नेपालको प्रतिनिधित्व गराउन खोज्दा पनि सरकारको धरपकड गरेकोमा कोइरालाको आक्रोश थियो । कोइराला प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए ।

Write a Comment

Events
Random Picks