' भ्रम र प्रलोभनको खेति धर्म होइन ' : हेमजंग गुरुङ
8-August-2018

जक्सन डट कम 
साउन २३, पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङले भ्रम र प्रलोभनको खेति धर्म हुन नसक्ने बताएका छन । अहिले जुन परिपाटीले भ्रम र प्रलोभनको आडमा धर्म परिवर्तनको खेती भै राखेको त्यो सरासर गलत भएको र उनले बताए ।

भ्रम र प्रलोभनको खेति कुनै पनि हालतमा धर्म हुन नसक्ने र यो सरासर हिन्दु धर्म- संस्कृतिको पहिचान माथिको अतिक्रमण गर्ने उद्धेश्यले रचिएको खेल भएको उनले बताएका छन।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्न लागेको ' हिन्दु राष्ट्र पुन: स्थापना राष्ट्रिय जनजागरण कार्यक्रम' को जानकारी दिने उद्धेश्यले पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा उनले केहि समुहहरुले धर्मको नाममा भ्रम र प्रलोभनले धर्म परिवर्तनको खेति गरिराखेको बताएका हुन । 

नेपाललाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रको रुपमा पुन: स्थापना गर्ने उद्धेश्यले सो कार्यक्रम गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशले जनाएको छ । कार्यक्रम यहि श्रावण २५ गते बिहान ११ बजे वद्धचोकस्थित कान्तिपुर पार्टि प्यालेसमा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गैरहेको कार्यक्रममा हिन्दु, बौद्ध, किंरात, जैन, शिख, इस्लाम आदि धर्मका प्रमुख वक्ता धर्मगुरुहरुको बिशेष प्रवचन रहेको पार्टीले जनाएको छ ।
 
हिन्दु धर्म- संस्कृतिको पहिचान माथि अतिक्रमण भइरहेकोले त्यसलाई रोक्न तथा हिन्दु धर्मको अस्तित्व रक्षाका लागि उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष गुरुङले बताए । 

Write a Comment