'सप्तरीमा पहिले आन्दोलनकारीले गोली चलाए'
19-August-2015

जक्सन डटकम, भदौ २ । सप्तरीको भारदहमा मंगलबार आन्दोलनकारीले पहिले गोली चलाएका कारण स्थिति तनावपूर्ण भएको गृह मन्त्रालयले दावी गरेको छ ।

मन्त्रालयले विज्ञप्ती निकालेर बन्दकर्ताले इलाका प्रहरी कार्यालय भारदहको कार्यालय भवनमा ढुंगा र पेट्रोलबम प्रहार गरेको जनाएको छ ।

आन्दोलनकारीले हानेको गोली लागेर भवनको पूर्व पट्टिको पहिलो तलाको तीन ठाउँमा छर्रा लागेको पनि विज्ञप्तीमा उल्लेख छ । प्रहरीले प्रयोग गर्ने सञ्चार सेट र हतियार समेत खोस्न लाग्दा प्रहरीले संयमित हुँदाहुँदै पनि बाध्य भएर बल प्रयोग गर्दा एकजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा भारदहमा राजीव राउतको ज्यान गएको हो । 

Write a Comment