नेपाल–भूटान बीच द्विपक्षीय भेटवार्ता
29-August-2018

जक्सन डटकम
काठमाडौँ, भदौ १३

प्रधानमन्त्री केपी शर्मा ओली र भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधान न्यायाधीश ल्यान्पो छिरिङ वाङचुकबीच आज द्विपक्षीय भेटवार्ता भयो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका क्रममा उहाँहरुबीच द्विपक्षीय वार्ता भएको हो । बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा प्रमुख सल्लाहकार वाङचुक आज बिहान काठमाडौँ आइपुग्नुभएको हो ।
 
त्यस अवसरमा उहाँहरुबीच नेपाल–भूटान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।(रासस)

Write a Comment

Events
Random Picks