ऊर्जामन्त्री बङ्गलादेश प्रस्थान
5-September-2018

जक्सन डटकम
काठमाडौँ,भदौ  २० 
बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बङ्गलादेश प्रस्थान गरेका छन् । 

बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नेछन्। 

यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन्। 
नेपाली प्रतिनिधिमण्डल यही भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । (रासस)

Write a Comment

Events
Random Picks