कांग्रस सभासद द्धारा घैटेलाइ शहिद घोषण गर्न माग
21-August-2015

४ भदौ,काठमाडौं / प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेलाई शहीद घोषणा गर्न र इन्काउन्टरमा संलग्न प्रहरीलाई कानुनी कारवाहीको दायरामा ल्याउन कांग्रेस सभासदले  माग गरेका छन् । काठमाडौं-६ का सभासद भिमसेनदास प्रधानले घैंटेको गैरन्यायिक हत्या भएको भन्दै प्रहरीमाथि कारवाही माग गरेलगत्तै अर्की सभासद कौशर साहले शहीद घोषणको माग गरेकी हुन् ।

व्यवस्थापिका संसदको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सभासद शाहले घैंटेको गैरन्यायिक हत्या भएकाले उनलाई शहीद घोषणा गरिनुपर्ने बताइन् ।

सभासद साहले कुमार श्रेष्ठ काठमाडौं महानगरपालिका २९ नम्बर वडाका समाजसेवी थिए भन्दै उनलाई प्रहरीले षडयन्त्रपूर्वक हत्या गरेको आरोप लगाइन् ।