गच्छदार चार दलीय मोर्चाबाट बाहीरिए, अब सडक आन्दोलनमा जाने
21-August-2015

  ४ भाद्र, काठमाडौं / ७ प्रदेश बनाउने विषयप्रति असन्तुष्टि जनाउँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक चार दलीय मोर्चाबाट अलग हुने भएको छ। कांग्रेस, एमाले, एमाओवादी सँगै मिलेर संविधान निर्माणमा जुटेको विजयकुमार गच्छदार नेतृत्वको पार्टी ७ प्रदेश बनाउने शुक्रबार बिहानको प्रस्ताव पछि आक्रोसित बनेको हो।

पार्टीले यसअघि उठाउँदै आएको झापा, मोरङ र सुनसरी तराई प्रदेशमा हुनुपर्छ भन्ने मागलाई बेवास्ता गरेको, महाकालीका कैलाली, कञ्चनपुरलाई पनि पहाडतिर जोडिएको, लुम्बिनीका थारुहरुलाई फेरि पहाडसँग जोड्ने गरी प्रस्ताव आएको भन्दै संविधान निर्माणका लागि मुख्य दलहरुसँग गर्दै आएको सहकार्यबाट पछि हट्ने भएको हो।

Write a Comment

Events
Random Picks